२३ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

औषधी विज्ञान तर्फको नोबल पुरस्कार योशीनोरी ओसुमीलाई

औषधी विज्ञान तर्फ २०१६ को नोवल पुरस्कार जापानी वैजानिक योशिनोरी ओसुमीलाई प्रदान गरिएको छ। ओसुमीलाई उनले सन् १९९० को दशकमा पत्ता लगाएको  मेकानिजम फर अटोफेजी नामक खोजका लागि नोबल पुरस्कार प्रदान गरिएको हो।  अटोफेजीले कुनै पनि बिग्रंदै गएको तथा प्रयोगविहिन बन्दै गएको कोशको तत्वलाई पुन प्रयोग गर्न मिल्ने बनाइदिन्छ।  दि कोरालिस्का इन्सिच्युटले अटोफेजी मेकानिजम प्यानक्रियाशन, मधुमेह तथा क्यान्सर जस्ता विभिन्न रोगसँग सम्बिन्धीत रहेको बताएको छ।

औषधी विज्ञानमा  ५० वर्ष अगाडी नै यस अवधारणाको खोज भएको भएपनि  आसुमीले सन् १९९० मा  प्रयोगमा ल्याएको अटोफेजी मेकानिजमले यसको अवधारणामा परिवर्तन ल्याएका थिए।

ओसुमी सन् १९४५ मा जापानको फकुओकामामा जन्मिएका हुन्। उनी हाल टोकियो इन्सिच्युट अफ टेक्नोलोजीमा प्रफेशरका रुपमा कार्यरत छन्।

यो औषधी विज्ञानको क्षेत्रलाई प्रदान गरिएको १०७ औ नोबल पुरस्कार हो। सन् १९०५ मा प्रथम पटक औषधी विज्ञानको क्षेत्रलाई नोवल पुरस्कार प्रदान गर्न थालिएको थियो। 

गत वर्षको औषधी विज्ञानको नोबल पुरस्कार मलेरिया र अन्य ट्रोपिकल रोगको उपचार पद्धत्ती पत्ता लगाएका तीन वैज्ञानीकहरुलाई संयुक्त रुपमा प्रदान गरिएको थियो।

फिजिक्सतर्फको नेबल पुरस्कारको घोषणा मंगलबार प्रदान गरिने छ भने रसायनशास्त्र तर्फको घोषणा बुधबार  गरिने छ। त्यस्तै नोवल शान्ती पुरस्कार शुक्रबार घोषणा गरिने छ भने अर्थतन्त्र र साहित्यतर्फको घोषणा आगामी हप्ता गरिनेछ।

प्रत्येक विधाका विजेताले ८ मिलियन कोरोनर अर्थात  ९ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

 

 

 

प्रकाशित: १७ आश्विन २०७३ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App