८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

औषधी पसलमा आगलागी हुँदा करोड बढीको क्षति

विपी चोक नजिक बुधबार राती लागेको आगो । तस्बिर : नागरिक

नेपालगन्ज – नेपालगन्जको विपी चोकस्थित नजिक रहेका ३ वटा पसलमा बुधबार राती आगलागी हुँदा करोडौंको क्षति भएको छ। राती साढे १० बजेतिर मेडिकल कलेज अगाडि रहेका दुई वटा मेडिकल र एउटा जनरल स्टोरमा आगलागी भएको हो।

आगलागीबाट माया मेडिकल, सफा मेडिकल र धिरज जनरल स्टोरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले जानकारी दिए। ‘आगो लागेको घटना थाहा पाउने बित्तिकै हामी पुग्यौं र दमकलको सहायताले आगो नियन्त्रणमा लियौं,’ उनले भने।

आगलागीबाट सफा मेडिकलको करिब ५० लाख र माया मेडिकलको ४० लाख रूपैयाँ बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन्। धिरज जनरल स्टोरको पनि २ लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन्। सबै पसलको क्षति एक करोड नाघेको प्रहरीको भनाई छ।

घटनाको प्रारम्भिक अनुसन्धान गर्दा बिद्युत सर्ट भएर आगलागी भएको पत्ता लागेको डिएसपी राजेन्द्र अर्यालले बताए। प्रहरीका अनुसार माया मेडिकल र धिरज जनरल स्टोर एउटै ब्यक्तिले सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: २० मंसिर २०७५ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App