२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल–भारत विवादः भारतमा काम गर्ने नेपाली सशंकित

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध अहिले संवादहिन अवस्थामा छ। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि सीमा विवाद थप चर्कियो।

११५५ नेपाली स्वदेश फर्किए

शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउँदै नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ

यस घटनामा वाराणसीको भेलुपुरमा प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।

भारतबाट फर्कनेको लर्को रोकिएन

भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।

सेनाको प्रवक्तामा सहायकरथी पौडेल

नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले पाएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हाले।

मौद्रिक नीतिमा कांग्रेसको पाँच सुझाव

पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षणमा केन्द्रित हुनुपर्छ।

एआइजी बढुवापछि प्रहरीमा सुधारको अपेक्षा

नवनियुक्त नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले संगठनभित्र सुधारको पहिलो संकेत दिएका छन्। प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी सम्हालेको एक सातापछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा वरिष्ठताका आधारमा गरेर उनले संगठन सुधारमा सकारात्मक संकेत देखाएका हुन्। बुधबार निरजबहादुर शाही, प्रधुम्न कार्कीलाई वरिष्ठताका आधारमा एआइजीमा बढुवा गरिएको हो।

मौद्रिक नीतिमा कांग्रेसको पाँच सुझाव

पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनीमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षणमा केन्द्रीत हुनुपर्छ

मौद्रीक नीतिमा यस्तो छ कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन सरकारलाई सुझाव दिएको छ।

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।

नेपाल मेडिकल कलेजमा तालाबन्दी

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ ।

नेकपाभित्र अनेकता

पार्टीमा रहेको प्रचण्ड–माधव समूहको बहुमतको फायर खोलेर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट अपदस्थ गर्न जरुरी छ।

वायुसेवा निगमका डेढ सय करार कर्मचारी कटौती

नेपाल वायुसेवा निगमले करारमा रहेका कर्मचारी कटौती गरेको छ । लामो समयदेखि व्यवस्थापकीय समस्या समाधान गर्न नसकेको, ऋण घटाएर नाफामा जान नसकेको जस्ता आलोचना खेप्दै आएको निगमले एक सय ४५ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।

‘सभापतिले महाधिवेशन प्रभावित गर्न लागे’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ। पौडेल पक्षीय नेताहरूको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएकाहरूको नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिपरेको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्यो धारणा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको धारणाप्रति विमति जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्