१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।  

नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएपछि ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबार कनेक्ट आइपिएस, इ–पेइमेन्ट प्रणाली मार्फत भुक्तानी लिन सकिने भएको छ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

भुुक्तानी प्रणाली कनेक्ट आईपिएसमा ५२ र एनसिएचएल–आईपिएसमाा ६३ बैंक तथा वित्तीय संस्था सदस्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले भुक्तानी प्रणालीमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।  

हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु आबद्ध छन् ।  

त्यसैगरी, अन्य ३४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु आबद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १ श्रावण २०७७ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App