२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

म्याराथनमा राजपुरा र कृष्ण च्याम्पियन

नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण जितेका छन्। बेलझुन्डी रंगशालामा सोमबार भएको अन्तिम दिन ४२ किलोमिटर दूरी आर्मीका कृष्णले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा र राजपुराले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पुरुषमै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्ड समय लगाउँदा रजत पदकमै चित्त बुझाए। दुर्गाले योसहित एथ्लेटिक्समा एक स्वर्ण र समान दुई रजत जित्न सफल भए।

नौ अर्बको पस्मिना निर्यात गर्ने लक्ष्य

सरकारले पस्मिनाको प्रवद्र्धनमा सघाए निर्यात पुरानै लयमा फर्काउन सकिने व्यवसायीले बताएका छन्। नेपाल पस्मिना महासंघका अनुसार सन् २००० मा वार्षिक १० अर्ब रुपैयाँको निर्यात हुने गरेको पस्मिना अहिले घटेर करिब तीन अर्ब रुपैयाँमा सीमित छ।

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

नेपाल प्रहरीको कार्यशैलीप्रति  राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। प्रहरीले आयोग शाखा कार्यालय नेपालगन्जलाई आइतबार राती १०ः३० बजे घेराबन्दीमा राखेर आयोगको स्वतन्त्रता, स्वयत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गरेको छ। विप्लव समूहका कार्यकर्ता रहेको आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर निवासी ३५ वर्षीय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।

देउवाकाे दुखेसाे : केन्द्रीय सदस्य मान्दैनन्, मैले मात्र के गर्ने ?

यसलाई नयाँ व्यवस्था गरेजस्तै गरी प्रचार गरेको भन्दै देउवाले आपत्ति जनाए। ‘यो व्यवस्था गिरिजाबाबु सभापति हुँदै आएको हो, यो व्यवस्था ल्याउँदा विधान मस्यौदा समिति संयोजक सिटौलाजी(कृष्णप्रसाद सिटौला)नै हुनुहुन्थ्यो। तर अहिले मैले के के न गरेँ भने जस्तो बनाइएको छ’, उनले भने।

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

पर्दा उघारेर हिँडेका माधव नेपाल कता हराए ?

करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम प्रस्तोता महासचिव विष्णु पौडेलले कम्युनिस्ट पार्टीबारे केही समय लिखित व्याख्या गरे, त्यसपछि दाहाललाई मन्तव्यका लागि बोलाए।

कांग्रेस रेलिङ्ग भाँच्ने र कुर्सी तोड्ने प्रतिपक्षी हाेइन : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन्।

फलामे ढोका फोरेर एकता प्रक्रिया टुंगियाे: प्रचण्ड

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

प्रहरीको नियमित भेटघाटमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि पेसेवर र संगठित अपराधी पक्रन कुनै कसुर बाकी नराख्ने बताएका छन्।

देउवाको प्रश्नः भोट अरूलाई दिएर कांग्रेसलाई कमजोर भन्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गरेका छन्।

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो कमिटी एकताको घोषणा सोमबार (आज) गर्दैछ। कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा तल्लो कमिटी एकता घोषणा गर्न लागेको हो।

कांग्रेस गतिशीलताको अर्थ

नेपाली कांग्रेसले नयाँ वर्षको प्रारम्भसँगै राजनीतिक गतिविधि बढाउन थालेको छ। नेपाली कांग्रेसबारे टिप्पणी गर्ने धेरैलाई लाग्ने गर्छ– कांग्रेस सरकार चलाउनमात्र जान्दछ, यो पार्टी प्रतिपक्षका लागि जन्मेकै होइन। अर्थात् प्रतिपक्षीका रूपमा उसको भूमिका प्रभावकारी देखिँदैन। कांग्रेस यतिबेला प्रतिपक्षमा छ र संसद् र सडकमा उसको भूमिकालाई लिएर मानिस सन्तुष्ट छैनन्। सरकारले आफ्नै प्रतिबद्धता पूरा गरेन। हत्या हिंसाका घटनामा दोषीलाई कारबाहीगर्ने साहस देखाएन।

जनजागरण कि?

नेपालको लोकतान्त्रिक आन्दोलनको माऊ पार्टी नेपाली कांग्रेस यतिखेर पुनर्जीवनका लागि जनजागरण अभियानमा निस्कँदै छ । लोकतन्त्र दिवसका दिनलाई मानक बनाएर यही वैशाख ११ गतेदेखि देशव्यापी अभियान थाल्ने उद्घोष उसले गरेको छ । नेपालमा चलेका ठूला आन्दोलन र तिनबाट प्राप्त परिवर्तनमा नायक, वाहक तथा निर्णायक बनेको कांग्रेसले विगतमा सम्पन्न तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोर्न पुग्यो ।

विभागीय टोली हाबी

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोलीले वर्चस्व जमाएका छन्। भैरहवामा सम्पन्न समूह ‘ए’ तर्फ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेका छन्।

मापदण्डविपरीत बन्यो पौडी पोखरी

नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्