१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

म्याराथनमा राजपुरा र कृष्ण च्याम्पियन

दाङ - नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण जितेका छन्। बेलझुन्डी रंगशालामा सोमबार भएको अन्तिम दिन ४२ किलोमिटर दूरी आर्मीका कृष्णले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा र राजपुराले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पुरुषमै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्ड समय लगाउँदा रजत पदकमै चित्त बुझाए। दुर्गाले योसहित एथ्लेटिक्समा एक स्वर्ण र समान दुई रजत जित्न सफल भए।

म्याराथनमै एपिएफका किरणसिंह बोगटीले कांस्य पदक जित्न २ घण्टा २२ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेका थिए। महिलामै उक्त दूरी पूरा गर्न ३ घण्टा ५९ सेकेन्ड समय लगाएकी एपिएफकी पुष्पा भण्डारीले रजत पदक जितिन्। त्रिभुवन आर्मीकी सरिता बासीले कांस्य पदक जित्न ३ घण्टा ८ मिनेट ३ सेकेन्ड लगाइन्।

यता,  पुरुषको ४ सय मिटर हर्डल्समा एपिएफका नीरप्रताप महतोले ५५.६० सेकेन्ड समय लगाउँदा स्वर्ण आफ्नो बनाउन सफल भए। यससँगै नीरप्रतापले एथ्लेटिक्समा दुई व्यक्तिगत र एक टिम गरी कुल तीन स्वर्ण आफ्नो बनाए। सोही विधामा आर्मीका जीवन चौधरी ५६.५९ सेकेन्ड समयमा रजत र आर्मीकै अशोक कुँवर ५७.४४ सेकेन्डमा कांस्य पदक जित्न सफल भए।

महिलाकै ४०० मिटर हर्डल्समा आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण जित्दा आफ्नै विभागकी तुलसा खत्रीलाई पछि पारिन्। श्रेष्ठले १ मिनेट ९.७९ सेकेन्ड र खत्रीले १ मिनेट ११.१३ सेकेन्डमा उक्त दूरी पूरा गरे। पुरुषको ८ हजार मिटरमा आर्मीका उमेश मस्र्याङ्दी मगरले स्वर्ण जित्न १ मिनेट ५७.५८ सेकेन्ड समय लगाए। आर्मीकै टंक कार्की रजत पदकमा सीमित हुँदा १ मिनेट ५८.५ सेकेन्ड र प्रदेश–३ का सुवास थापाले कांस्य जित्न १ मिनेट ५८.५३ सेकेन्डमा दूरी पूरा गरे।
सोही दूरीको महिलातर्पm भने आर्मीकी सरस्वती भट्टराईले २ मिनेट १६ मिनेट सेकेन्ड समयमा दौड पूरा गर्दा स्वर्ण पदक आफ्नो बनाए। आर्मीकै सानुमाया कार्कीले २ मिनेटमा १७.९४ सेकेन्डमा रजत पदक जितिन्। एपिएफकी फूलमती रानाले कांस्य पदक जित्न २ मिनेट १८.३८ सेकेन्डमा दौड पूरा गरिन्।

त्यसै गरी ४ गुणा १  सय मिटर रिलेमा आर्मीको टोलीले स्वर्ण  जित्दा ५०.५० सेकेन्डमा दूरी पूरा ग¥यो। प्रदेश–५ ले ५१.६६ सेकेन्डमा रजत र एपिएफले ५३.१२ सेकेन्डमा कांस्य पदक जित्न सफल भयो। सोही विधाको पुरुषतर्पm आर्मीले बाजी मार्दा ४३.१९ सेकेन्डमा दूरी पूरा ग¥यो। एपिएफले ४३.४० सेकेन्डमा रजत र पुलिसले ४४.५५ सेकेन्डमा कांस्य पदक प्राप्त ग-यो।
एथ्लेटिक्समा पनि आर्मीकै वर्चस्व
सोमबार सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा पनि आर्मी हाबी हुँदा पुरुषमा १० र महिलामा ११ स्वर्ण गरी कुल २१ स्वर्णसहित टिम च्याम्पियन बन्यो। आर्मीले पुरुष र महिला दुवैमा समान ६ रजत र ४ कांस्य जित्न सफल भयो। दोस्रो भएको एपिएफले पुरुषमा ६ स्वर्ण, ३ रजत र ३ कांस्य तथा महिलामा २ स्वर्ण, ३ रजत र ६ कांस्य जित्न सफल भयो।

नेपाल पुलिसले महिलामा ३ स्वर्ण, एक रजत र एक कांस्य जित्दा पुरुषमा ४ रजत र ३ कांस्य पदकमै सीमित भयो। प्रदेश–३ ले दुई स्वर्ण, प्रदेश–५ र कर्णाली प्रदेशले समान एक–एक स्वर्ण जिते।

प्रकाशित: १० वैशाख २०७६ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App