२० आश्विन २०८१ आइतबार
image/svg+xml

वसन्तपुरको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काइने

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरेको छ।

गोठ जस्ता दुर्गमका विद्यालय, जोखिममा विद्यार्थी

झट्ट हेर्दा गोठजस्तै देखिने माटोले पोतेको भित्ता, त्यो पनि भत्किन लागेको, टिन लगाएको छाना, हावाले उडाएर परेको प्वाल हेर्दा वर्षाको पानी सीधै काठोभित्र पस्ने भवन। यो कुनै घर वा गोठ होइन, सान्नीत्रिवेणी गाउँपालिका ९ मुम्राको सगरमाथा आधारभूत विद्यालय हो।

भयका कारण आज उपत्यकाका २ सय विद्यालय बन्द

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्।

भोलि विद्यालय बन्द हुने, दुई सय बढी विद्यालय प्रभावित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कुल सञ्चालकहरूले बताएका छन्।

विद्यालय खुले आएनन् विद्यार्थी

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी रिमा रानाले दसैं–तिहार बिदापछि सोमबार विद्यालयमा पाइला टेकिन्। बिदा हुनुअघिको जस्तो थिएन विद्यालय। भवन भत्किएका थिए। आफू अध्ययन गर्दै आएको विद्यालय भत्किएको भन्दा पनि उनलाई आफ्ना सहपाठीहरूको मृत्युको खबरले पीडा दिइरहेको थियो। ‘भत्किएको विद्यालय त केही वर्षमा बन्ला, सँगै पढेका साथीहरू भूकम्पमा परेर बितेको खबरले सधैं दुःखी बनाउनेछ,’ उनले भनिन्।

‘बालबालिकाले विद्यालय छाड्ने समस्या कहालीलाग्दो’

व्यवहारमा पनि बाल संरक्षण अधिकार प्रयोग बढेको छ। बालबालिकाको अवस्थामा पनि सुधार आएको छ। पहिलेजस्तो सडक बालबालिका देखिँदैन। अहिले ९७ प्रतिशत बालबालिका विद्यालय जान्छन्, यद्यपि विद्यालय छाड्ने समस्या भने व्यापक छ।

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्।

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।

प्रअ र विद्यालय व्यवस्थापन समिति सर्वोच्चमा

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताएकी छिन्।फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताइन।

अब सार्वजनिक विद्यालयका प्रअ खुला प्रतिष्पर्धाबाट

काठमाडौं महानगरपालिकाले मातहतका सार्वजनिक विद्यालयका शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रकृया सुरु गरेको छ।

भूकम्पबाट ६७ विद्यार्थीको मृत्यु,१४७ विद्यालय क्षतिग्रस्त

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति गरेको छ।

भेरी नगरपालिकामा चौध विद्यालयका भवन भत्किए

भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, ४ वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।

त्रिविलाई दलीयकरणको दलदलबाट बचाऔं

किन ? धेरै छन् कारण । र मुख्य कारणचाहिँ त्रिविमा जबर्जस्ती घुसाइएको राजनीति हो । पञ्चायतकालतर्फ फर्किन जरुरी छैन किनकि त्यो व्यवस्था फलदायी भएन भनेरै विकल्पतिर लागिएको हो ।

विद्यार्थीलाई किताब बोक्न नपर्दा ...

नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्