९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिलाई कांग्रेसको अपिल : ओलीको असंवैधानिक सिफारिस अस्वीकार गर्नुहोस्

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेलगत्तै विज्ञप्ति जारी गरेर कांग्रेसले यो संविधानको अक्षर, मर्म र भावनाविपरीत रहेको ठहर गरेको हो। साथै उसले राजनीतिक रूपमा त्यसको गम्भीर ढंगले प्रतिवाद गर्ने चेतावनी दिएको छ।

८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्र दर्ता नगर्नु स्वेच्छाचारी चरित्र : भीम रावल (पत्रसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि छलफल आवश्यक भएको भन्दै संसद् बैठक बोलाउन माग राखेर नेकपाकै ८३ सांसदको हस्ताक्षरसहितको पत्र लिएर बुधबार नेता रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए।

जो रक्षक उही भक्षक बनेर राष्ट्रपतिले संविधानको हुर्मत लिइन् : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको हुर्मत लिएको आरोप लगाएका छन्।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर लिएर नेकपा सांसद शीतल निवासमा

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय पुगेका छन्। सरकारले सोमबार संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको संकट झन् गहिरिएको छ।

‘राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दाजस्तो देखिइन्, महाभियोग लगाएर हटाऔं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ‘संविधानको भावनाविपरीत’ संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई पदबाट हटाउनुपर्ने आवाज उठाएको छ।

अध्यादेशले निम्त्याउने संकट

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला अधिवेशन नबोलाई अध्यादेश जारी गरिएपछि संसदीय मूल्य मान्यताको अपमान मात्र हैन आफ्नै दलभित्र सहमति नभई आएको अध्यादेशले राजनीतिक संकट चरम बिन्दुमा पुग्ने संकेत देखिएको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने

बहुमत सदस्यको उपस्थतिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश आज नै जारी गरेकी हुन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिलाई गगन थापाको चुनौती : गरिमा बिर्सनुभयो, चुनाव लड्न आउनुस्

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाको कहरकाबीच भीम रावल र लेखराज भट्टले दिएका सेनेटाइजर बाँडेर बसेको आरोप लगाए।

डा. भट्टराई भन्छन्: अहिलेको संकटको एउटै उपचार कार्यकारी राष्ट्रपति

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।

चिनियाँ रक्षामन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवास पुगेर शिष्टाचार भेट गरेका छन्।

अन्ततः ट्रम्पले बाइडेनकाे जित यसरी स्वीकार गरे

चुनावको नतिजा अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः जो बाइडेन विजयी भएको कुरा स्वीकार गरेका छन्।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ। उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन्। उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ।

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन्। पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

नेकपा संकटमा राष्ट्रपति र चिनियाँ राजदूत सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संकट देखिएसँगै शीतल निवास र चिनियाँ राजदूतावास सक्रिय भएका छन्। नेकपामा अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकातर्फ छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह अर्कातर्फ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्