५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. भट्टराई भन्छन्: अहिलेको संकटको एउटै उपचार कार्यकारी राष्ट्रपति

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।  

त्यस्तो राष्ट्रपतिले सक्षम/स्थिर नेतृत्व दिने उल्लेख गर्दै डा.भट्टराईले साथमा पूर्ण समानुपातिक संसदीय व्यवस्था अपनाउन सबैसँग आग्रहसमेत गरेका छन्।  

‘अहिले २/३ (दुईतिहाइ) सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीको ताउरमाउरको एउटै दिगो इलाज हो– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम/स्थिर नेतृत्व दिनेछ),’ आइतबार ट्विटरमा डा भट्टराईले लेखेका छन्, ‘+पूर्ण समानुपातिक संसद (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ), सबैले आँट गरौं।’

प्रकाशित: २१ मंसिर २०७७ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App