२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जो रक्षक उही भक्षक बनेर राष्ट्रपतिले संविधानको हुर्मत लिइन् : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको हुर्मत लिएको आरोप लगाएका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश जारी गरेपछि डा. संविधानको रक्षक आफैं भक्षक भएको आरोप लगाएका हुन्।  

‘जो रक्षक उही भक्षक बन्दै संविधानको संरक्षक हुनुपर्ने राष्ट्रपतिबाटै संविधानको हुर्मत, देशका कार्यकारी प्रमुख प्रमद्वारा पटकपटक अध्यादेशमार्फत लोकतन्त्रको चीरहरण, सत्ताधारी दल सत्तास्वार्थनिम्ति संसद् नबोलाई रा प र प्रमको ढाल बन्न उद्यत हुन्छ भने विपक्षी दलहरूले संसद् बोलाउने आँट गरौं,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विट गरेका छन्।  

प्रकाशित: २ पुस २०७७ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App