३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिनियाँ रक्षामन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवास पुगेर शिष्टाचार भेट गरेका छन्।

एक दिने नेपाल भ्रमण क्रममा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरी बालुवाटारबाट शितलनिवास पुगेका हुन्।

राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकामा चीनको सराहना गरिन्।

साथै उनले नेपाल र चीनबीच शदियौंदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढिकरण गर्न यो भ्रमण कोशेढुंगाको रुपमा रहने विश्वास व्यक्त गरिन्।  

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु र चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलका सदस्यहरुको समेत उपस्थित रहेको थियो।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १४ मंसिर २०७७ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App