१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छिन । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन ।

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने:पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन्।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

सभामुख परामर्शमा

सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पूर्वसभामुख र पूर्वमहान्यायाधि–वक्ताहरूसँग छलफल गरेका छन्।

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।

जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा मानव जाति सचेत हुनुपर्छ: राष्ट्रपति भण्डारी

आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताईन्।

राष्ट्रपति भण्डारी मनाङमा

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत पुगेको बताए।

‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ। सोमबार विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको स्वागत गरेको थियो।

राष्ट्रपति भण्डारीद्वारा 'उत्तराध्ययन सूत्र' को लोकार्पण

नेपालमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गरेका र नेपाल केशरीको समेत उपाधि पाएका डा. मणिभद्रद्वारा भगवान् महावीरको वाणी तथा उनको निर्वाणको २५४८ वर्षपछि नेपाली भाषामा अनुवाद गरिएको हो। श्री श्वेताम्बर स्थानकवासी समाज तथा मानव मिलन नेपालले काठमाडौंमा बुधबार आयोजित एक समारोहमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।जैन आगमको यो प्रथम नेपाली अनुवाद हो।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ।

समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकी छन्।

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।

चिनियाँ रक्षामन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवास पुगेर शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्