९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्।

लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न सकेको छैन। आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा नभएपछि बैठक साँझ ५ बजेलाई सारिएको थियो।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य हुन्छन्।

 

प्रकाशित: ३० मंसिर २०७७ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App