४ मंसिर २०८१ मंगलबार
image/svg+xml

संगीता र सन्जु उत्कृष्ट लिफ्टर

नेपाल पुलिसका खेलाडीद्वय संगीता राई र सन्जु चौधरी नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर घोषित भएका छन्।

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

पुल बनाउन पहल

मनसुनको सुरूआतसँगै मैनावती नदीमा आएको बाढीले दर्जनौं गाउँसँग सहरको सम्पर्कविच्छेद हुन्छ। तैरिन सक्नेहरू तैरिएर वारपार गर्छन्। तैरिन नसक्नेहरू नदीको वारिपारि रोकिएर भगवान् पुकार्छन्। बलकावाका सोयव अनवरले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अलपत्र मैनावती पुलका कारण आफूहरूले खप्दै आएको दुःखान्त सुनाए।’

ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र

तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माण कार्य अलपत्र परेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङलुङ–संक्रान्ती सडक खण्डमा रहेको खोरुङवा खोलामा पुल नबन्दा वर्षाले खोलामा पानीको बहाव बढेपछि सवारी आवतजावत ठप्प नै भएको छ।

पुल बगाउँदा सकस

अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्। नदीमा पानीको बहाव बढेर तर्न नसकिने भएकाले बाध्य भएर तीन किलोमिटर हिँडेर अर्को पुल प्रयोग गर्नु परेको हो।

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ। ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो। पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ।

उपत्यकाकै लामो झोलुंगे पुल शिलान्यास

सूर्यविनायक नगरपालिकामा काठमाडौं उपत्यकाकै लामो झोलुंगे पुल निर्माण हुने भएको छ। डोलिडारको एक करोडको लगानीमा सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं. १० चित्तपोल जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो।

पुल बगाउँदा आवतजावत ठप्प

अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ। तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो।

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल

भ्याटबाहेक कुल सात करोड ७८ लाख ९९ हजार पाँच सय २० रुपैयाँमा निर्मित सो पुल ९० दशमलव ५ मिटरको रहेको छ।

युइएफए सुपर कप फाइनलमा महिला रेफ्री

युइएफए सुपर कपको उपाधिका लागि इङ्लिस टोली लिभरपुल र चेल्सी आमनेसामनो हुँदा फ्रान्सकी स्टेफनेइ फ्रपार्ट रेफ्रिको भूमिकामा हुनेछिन्। फ्रपार्ट युरोपमा प्रतिष्ठित पुरुष फुटबल प्रतियोगिता खेलाउने पहिलो मुख्य रेफ्रि हुनेछिन्। उक्त युइएफए सुपर कपको फाइनल खेल अगस्ट १४ (साउन २१) मा हुनेछ। मुख्य भूमिकाको रूपमा मैदानमा देखिँदा उनलाई सहयोग गर्न पनि दुई महिला लाइन्स वुमन रहनेछन्। च्याम्पियन्स लिगको विजेता लिभरपुलले चेल्सीसँग टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज

सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भोग्नुपर्ने बाध्यता थियो।

चेल्सीबाट पुलिसिकको पहिलो गोल

क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३ ले पराजित गरेको छ। खेलको २०औं मिनेटमा पुलिसिकको गोलमा लिएको चेल्सीको अग्रता त्यसको तीन मिनेटपछि नै रस बार्कलीले पेनाल्टीको सदुपयोग गर्दै दोहोरो बनाएका थिए। २८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याएका थिए। ५०औं मिनेटमा जेरोमी ओग्युनेले बललाई जाली चुमाउँदै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसको ७ मिनेटपछि पेड्रोले चेल्सीको अग्रता बढाएका थिए।

च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

लिभरपुलले आइतबार प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा नेपोलीलाई ३–० को नतिजा सुम्पिएको छ। प्री सिजन भ्रमणमा च्याम्पियन्स लिग विजेता लिभरपुलले ४ मैत्रीपूर्ण खेलमा जितको स्वाद चाख्न पाएको छैन। यसअघि लिभरपुलले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डलाई र स्पेनिस ला लिगा क्लब सेभियालाई नतिजा सुम्पिएको थियो भने स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्