२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खोलाले बगायो काठेपुल

डोल्पा - शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल बगाएको छ।  दुईसाता देखिको निरन्तर वर्षाका कारण मङ्गलबार राति आएको बाढीले सुलिगाड खोलाको काठेपुल बगाएको हो।

काठेपुल बगाएपछि फोक्सुण्डो ताललगायत उपल्लो डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावतमा समस्या भएको छ।  काठेपुल बगाउँदा खोलापारि रहेको निकुञ्ज कार्यालयमा आवतजावत गर्नसमेत समस्या भएको निकुञ्जले जानकारी दिएको छ।

पानीको सतह धेरै बढेको सुलिगाड खोलाले काठहरू बगाएर ल्याएको देखिएकाले फोक्सुण्डो तालसम्म पुग्न बिचबिचमा बनाइएका अन्य काठेपुलहरु पनि बगाएको अनुमान निकुञ्जले गरेको छ।  सबैलाई तर्न पायक पर्ने काठेपुल बगाएपछि केही समय हिँडेर अर्को स्थानमा रहेको झोलुङ्गे पुलबाट आवतजावत गर्नुपरेको छ।रासस

 

प्रकाशित: २९ श्रावण २०७६ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App