४ मंसिर २०८१ मंगलबार
image/svg+xml

जोरपाटी चोकमा आकाशे पुल निर्माण

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ। सर्वसाधारणलाई सहज बनाउनको लागि नगरपालिकाले यसै वर्ष पुल निर्माण गर्न लागेको हो। नगरपालिकाले यसको लागि आर्थिक वर्ष २०७६/०७७ को वार्षिक योजना तथा कार्यक्रमबाट पारित समेत गरेको छ।

ओरिघीद्वारा लय निरन्तरताको आशा

लिभरपुललाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डिभोक ओरिघीले यस सिजन पनि सोही लयलाई निरन्तरता दिने आशा व्यक्त गरेका छन्।

बानेश्वर आकासे पुल निर्माणको गति सुस्त (भिडियो)

बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने सवारीसाधन सँगै सडक वारपार गर्न कुरिरहेका यात्रुहरु। गन्जागोल अवस्थामा रहेका तारहरु र अव्यवस्थित निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई ओहोर दोहोर गर्न र गाडी चड्नै मुस्किल पर्ने गर्छ।

दुई महिनामै रोशी पुल भासियो

निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ। कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो।

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद

विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।

माने बालन डी अरको दाबेदार

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई जिताएपछि सेनेगलका साडियो माने केही महिनाअगाडि आफ्नो देशलाई पहिलो पटक अफ्रिका कप नेसन्सको उपाधि दिलाउने लक्ष्यका साथ आफ्नै महादेश पुगेका थिए।

मादी पुल निर्माणको म्याद दोस्रोपटक थप्ने तयारी

सम्झौताअनुसार तोकिएको समयमा काम नगरेका ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको छ। मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो।

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्।

सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ।

बाढीले भत्कायाे निर्माणाधीन पुल

लगातार परिररहेको वर्षाले धनुषामा निर्माणाधीन पुल भत्किएको छ। क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो।

वैकल्पिक पक्की मोटरेबल पुल निर्माण

पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ।

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

असारे विकासको बेथिति यो वर्ष पनि कम भएन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोस्रो सातादेखि कम्मर कसेर लागे। सरकारी कार्यालयका सभा, गोष्ठी सेमिनारले बुटवल भैरहवाका होटलमा असार १५ जस्तै छ।

कमजोर पुलबाटै सवारी वारपार

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलाको डाइभर्सन बगेपछि लेखनाथ क्षेत्रमा रोकिएका धेरै सवारीसाधनलाई कमजोर भनिएको पुलबाटै पार गराइएको छ। अधिक भार बोकेका सवारी भने अहिले पनि लेखनाथ क्षेत्रमै रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्