३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

माने बालन डी अरको दाबेदार

कायरो – च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई जिताएपछि सेनेगलका साडियो माने केही महिनाअगाडि आफ्नो देशलाई पहिलो पटक अफ्रिका कप नेसन्सको उपाधि दिलाउने लक्ष्यका साथ आफ्नै महादेश पुगेका थिए।

माने लक्ष्यनजिक पुग्दा उनको राष्ट्र सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा  पुगिसकेको छ। उनै मानेको राष्ट्र सेनेगल शुक्रबार उपाधिका लागि कायरोमा अल्जेरियासँग भिड्दै छ। सन् २०१५ को अफ्रिका कप अफ नेसन्समा घुँडामा चोट लागेका कारण मानेले खेल्न पाएनन्। तर, ०१७ मा खेले पनि उनको टोली सेनेगल क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

त्यो पटक मानेले नै पेनाल्टी गुमाउँदा उनको टोली सेनेगल क्यामरुनसँग ५–४ ले पेनाल्टी सुटआउटबाट बाहिरिएको थियो। यस पटक इजिप्टको मैदानमा पनि मानेले पेनाल्टी गुमाइरहेका छन्। तेरङ्गा लायनको रूपमा परिचित सेनेगल सदैव अफ्रिका कपमा बलियो प्रतिद्वन्द्वी मानिए पनि हालसम्म उपाधि भने जित्ने सकेको छैन।
तर, यस पटक २७ वर्षे मानेको प्रदर्शनमा उतारचढाव रहे पनि ६२ वर्षको अफ्रिकी फुटबलको इतिहासमा सेनेगलको टोलीलाई घरेलु समर्थकलाई खुसी दिने अवसर मिलेको छ। गत सिजन प्रिमियर लिगमा लिभरपुलबाट २२ गोल गर्दा मानेले आफ्नो टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि मद्दत गरेका थिए। यस पटक आफ्नो राष्ट्र सेनेगललाई अफ्रिका कफको फाइनलमा  पु¥याएसँगै माने बालन डी अरको दाबेदारमध्ये एक भइरहेका छन्।

१६ वर्षको अनुपस्थितिमा गत सन् २०१८ को विश्वकपमा सेनेगललाई खेलाउन सफल मानेले सन् २००२ पछि पहिलो पटक आफ्नो टोलीलाई अफ्रिका कपको फाइनलसम्म पनि डो¥याएका छन्। यस क्रममा उनले तीन गोलका साथै एक पटक गोलका लागि अवसरसमेत सिर्जना गरेका छन्। पूर्वकप्तानसमेत रहेका सेनेगलका प्रशिक्षक एलियु सिसेले पनि मानेको फुटबल खेल्ने शैली निकै उत्कृष्ट रहेको बताउँदै कुनै पनि क्षणमा खेलमा प्रभाव जमाउने सक्ने खेलाडीको रूपमा व्याख्या गरेका छन्। मानेको अट्याकिङ शैलीका कारण सेनेगलले पोस्ट आक्रमण बलियो बन्दै आएको प्रशिक्षक सिसेको भनाइ छ।   तेरङ्गा लायनको रूपमा परिचित सेनेगल सदैव अफ्रिका कपमा बलियो प्रतिद्वन्द्वी मानिए पनि हालसम्म उपाधि भने जित्ने सकेको छैन।

 

प्रकाशित: २ श्रावण २०७६ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App