२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

डोल्पा– फोक्सुण्डो जाने मार्गमा पर्ने सुलिगाडस्थित काठेपुल बाढीले बगाउँदा पर्यटकलाई सास्ती भएको छ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

तीन दिनसम्मको लगातारको वर्षाले सुलिगाड खोलाको बहाव बढेर काठेपुल बगाएको निकुञ्ज कार्यालय डोल्पाका सूचना अधिकारी गोपाल खनालले जानकारी दिए। काठेपुल बाढीले बगाएपछि पाँच मिनेटको दूरीमा पुगिने निकुञ्ज कार्यालय सुलिगाडमा एक घण्टाको घुमाउरो पैदल बाटो हिँड्नु पर्दा पर्यटकलाई सास्ती भएको हो।

सुलिगाडस्थित नेपाली सेनाको ब्यारेकबाट निकुञ्ज कार्यालय जानका लागि आधा घण्टाको दूरीमा झोलुंगे पुल छ। तर, भीर पहराको खोंचमा भएकाले माथिबाट ढुंगा खस्ने डरले पनि पर्यटकहरू एक घण्टा लामो पैदल हिँडेर भए पनि घुमाउरो बाटो भएर निकुञ्ज जाने गरेका छन्।

प्रकाशित: २९ श्रावण २०७६ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App