२० आश्विन २०८१ आइतबार
image/svg+xml

सहमति पछि मुकुम्लुङ संघर्ष समितिको सवारी बन्दसहितका कार्यक्रम स्थगन

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव राखिएको नाम अब ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा रुपान्तरण भएको छ। अबका सबै प्रचार सामग्री र आधिकारिक दस्तावेजमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव लेख्ने सहमति भएपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको हो।

ताप्लेजुङ महोत्सवको पहिलो दिनको कलशयात्रा(फोटो फिचर)

ताप्लेजुङमा मंगलबारबाट ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ सुरु भएको छ। महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङको तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिने छ।

पाथीभरा म्याराथन तथा चाडपर्वमा कुनै किसिमको अवरोध नगर्न ताप्लेजुङ जिल्ला सुरक्षा समितिको आग्रह

परापूर्वकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्यसहित विगतदेखि हुँदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागीता जनाउन आग्रह गरेको छ।

म्याराथन तथा महोत्सवलाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण गर्न थालिएको छ।

जुम्लामा तेस्रो स्याउ महोत्सव सकियो: बजारीकरण र ढुवानीमा राज्यबाट सहुलियत हुनुपर्ने माग

जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ। स्याउको प्रसार-प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो।

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति

‘नेपाली भूमी ज्ञान भूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ। यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ।'

असोज ३ गतेदेखि ‘काभ्रे महोत्सव’ हुने

महोत्सवमा स्थानीय उत्पादनदेखि अन्य औद्योगिक सामाग्री, कृषि उपजका स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान, रोटे पिङ, मिनी बञ्जीजम्प, मिकी माउस, नाउ, ड्रागन, टेम्पोलिङ्गका साथै महोत्सव अवधिभर स्थानीयदेखि राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हुने महोत्सव व्यवस्थापक ममता केन्द्र नेपालका निर्देशक संगम लामाले बताए।

जुम्लामा स्याउ महाेत्सव हुँदै

जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। उक्त स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन्।

पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ महोत्सव’ राख्न माग

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’ भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।

बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई (फोटोफिचर)

बागमती सरसफाई अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत् जल विहार गराएको हो। दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो। र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाई पनि गरिएको थियो।

श्रीकृष्ण लीला: कृष्णदान महोत्सव

भगवान् श्रीकृष्णका विभिन्न किसिमका लीलाहरूको स्मरण स्वरूप हरेक वर्ष कृष्णाष्टमीका दिन देशैभरि विभिन्न कार्यक्रमहरू गरेर श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ।

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका लागि बन्यो ५०१ सदस्यीय मूल आयोजक समिति

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा गठित मूल आयोजक समितिले कार्यक्रम चुस्त बनाउने कुराको संयोजक गर्न ४६ सदस्यीय सचिवालय गठन गरेको छ।

पाथीभरा म्याराथन तथा महोत्सव हुने

‘मिति चाँहि तोकिएको छ, अरु सबै विषय मंगलबारको बैठकले निर्णय गरे अनुसार हुन्छ’ थापाले भने। साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्