८ वैशाख २०८१ शनिबार
अर्थ

जुम्लामा स्याउ महाेत्सव हुँदै

जुम्लामा तेस्रो जुम्ला स्याउ महोत्सव हुने भएको छ। आगामी भदौ २८ गते जुम्ला सदरमुकामको मुख्य बजारस्थित बाल मन्दिरमा तेस्रो स्याउ महोत्सव लाग्ने भएको हो। महोत्सवमा आठ पालिका, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने भएका छन्।

जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। उक्त स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन्।

महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के र स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ। जुम्ली लोकल जातका स्याउको बजार प्रवर्द्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि समेत महोत्सव गरिँदै छ।

कर्णाली भन्ने बित्तिकै रारा, से–फोक्सुण्डो, मानसरोवर मात्र नभइ जुम्लालाई स्याउ पर्यटनका रुपमा विकास गरी आर्थिक समृद्धि हासिल गर्ने स्याउ महोत्सवको लक्ष्य छ। उत्पादन बढ्दै गएको जुम्ली स्याउको बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्य छ।

यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आंकलन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७९ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App