coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

आउँदो असोज ८ गतेदेखि ११ गतेसम्म ताप्लेजुङमा अन्तरपालिका स्तरीय रनिङ मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर फुङलिङ नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवम् खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिए।

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

पालिकाहरुले सहभागिताका लागि पठाएको पत्र र कागजातका आधारमा खेल तालिका तय गरिने नगरपालिकाका कर्मचारी बसन्तराज सुनुवारले जानकारी दिए। खेलाडीलाई आफ्नो परिचय खुल्ने गरी नागरिकता वा अन्य कुनै कागजातको प्रतिलिपि अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ७५ हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउने छ। द्धीतीय हुनेले नगद १ लाख ४० हजार १ सय रुपैयाँ पाउने छ। सेमीफाईनलिष्ट दुईटिमलाई तृतीय पुरस्कार स्वरुप प्रतिटीम नगद ४५ हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

अरु बेला फागुनदेखि वैशाखसम्ममा हुने मेयर कप भलिबल यसवर्ष पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवकै बेला हुन लागेको हो। असोज ११ गतेदेखि १३ गतेसम्म ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुँदैछ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म संयुक्त आयोजक रहेका छन्। म्याराथनको मुख्य प्रायोजक भने हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौँ रहेको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवामा जन्मिएका पर्यटन व्यवसायी ईश्वरी पौडेलले म्याराथन तथा महोत्सव सुरुवातको वर्ष २०६५ सालदेखि नै मुख्य प्रायोजकको जिम्मेवारी लिइरहेका छन्।

प्रकाशित: २७ भाद्र २०७९ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App