१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहमति पछि मुकुम्लुङ संघर्ष समितिको सवारी बन्दसहितका कार्यक्रम स्थगन

माध्यमार्गीबाटो अवलम्बन गरी तत्कालको विवादमा समाधान गर्न सहमति बनेपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको छ।

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव राखिएको नाम अब ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा रुपान्तरण भएको छ। अबका सबै प्रचार सामग्री र आधिकारिक दस्तावेजमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव लेख्ने सहमति भएपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको हो।

‘सहमति पछि हाम्रा बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको छ’ मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङका उपाध्यक्ष दीपक लिम्बूले बताए। सम्झौतालाई दुवै पक्षले कार्यान्वयन गर्ने सहमति गरी एक–एकप्रति लिनेदिने कार्य भएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले जानकारी दिए।

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुक्लुङ विगतदेखि नै ‘मुकुक्लुङ बचाउ’ अभियान नाम दिएर संघर्षमा छन्। यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव नाम दिएर अघि बढाइएको कार्यक्रममा उल्लेखितसहितका संस्थाहरुले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको सट्टा मुकुम्लुङ म्याराथन तथा पर्यटन महोत्सव राख्नुपर्ने माग गर्दै आएका थिए।

तर, अन्तिममा माध्यमार्गी बाटो खोजेर महोत्सवको नाम ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव राखेर सहमति गरिएको छ। यो सहमति बनेपछि संघर्ष समितिले असोज ९ देखि १३ गतेसम्मका लागि आह्वान गरेको सवारी बन्दका कार्यक्रम स्थगन भएका छन्। सहमति अनुसार अब निर्वाध रुपमा सवारी साधन सञ्चालन हुनेछन्।

यहाँ असोज ११ देखि १३ गतेसम्म महोत्सव हुँदैछ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, पाथीभरा क्षेत्र विकास र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्मको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

प्रकाशित: ११ आश्विन २०७९ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App