२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रौतहटले जित्यो प्रदेश २ मेयर कपको उपाधि

प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ। रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल गर्दै प्रदेश २ मेयर कपमाथि कब्जा जमाएको हो।

महिला फुटबल लिगः तेस्रो हुन वालिङ र पुलिसको प्रतिस्पर्धा

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जितका साथ वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ। १२ खेलको समाप्तिमा वालिङ १७ अंकका साथ तेस्रो स्थानमा छ। वालिङले लिगमा १२ खेलमा समान ५ जित र ५ हार तथा २ खेल बराबरी खेलेको थियो। बुधबार विराटनगर महानगरपालिकामाथि १–० को जितपछि लिग उपाधि पक्का गरिसकेको एपिएफ ११ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ।

राष्ट्रिय महिला लिग: दुई खेलअगावै एपिएफलाई उपाधि

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।

राष्ट्रिय महिला लिग: चन्द्रपुरको तेस्रो जित

जारी लिगमा कमजोर मानिएको चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलमा रजनी थोकरले इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

महिला राष्ट्रिय लिग: प्रतिस्पर्धात्मक खेलमा एपिएफ सफल

उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसलाई २–१ ले हराउँदै महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिँदा दिनको दोस्रो खेलमा आशा कुमारीको निर्णायक गोलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले स्तब्ध बनाएको छ।

शनिबार चौदण्डीगढी र त्रिभुवन आर्मी भिड्ने

जारी महिला राष्ट्रिय फुटबल लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध आगामी शनिबार खेल्दै छ।

विराटनगरसँग पुलिस स्तब्ध

मोफसलको टोली विराटनगर महानगरपालिकासँग स्तब्ध भएसँगै नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जीव जोशीले आफ्नो टोलीको लक्ष्य जारी महिला राष्ट्रिय फुटबल लिगमा दोस्रो या तेस्रो स्थान रहेको बताएका छन्।

आहा–रारा गोल्डकप चैत १७ देखि २८ गतेसम्म

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता यसवर्ष चैत तेश्रो सातादेखि हुने भएको छ ।

महिला फुटबल लिग: एपिएफको अग्रता यथावत्

तीन खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा शीर्षता कायम राख्दा अर्को विभागीय टोली नेपाल पुलिस र मोफसलको वालिङ नगरपालिका स्याङ्जाले एक/एक गोलको बराबरी खेलेका छन्।

आहा–रारा गोल्डकप गर्न चैत तेस्रो साताको समय माग

सहारा क्लव पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले तिथि भने उपलब्ध गराईसकेको छैन् ।

घाइते विमल घर्ती मगरको उपचार कतारमा गरिने

घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो।

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्।

विराज र विमलसहित ५८ फुटबलर बन्द प्रशिक्षणमा

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले पूर्वकप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्तिमगरसहित ५८ जना फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

सात वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरिन् नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुकाले

रौतहटकी रेनुकाले जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन्। लामा अहिले काठमाडौंमा व्यापार गर्छन्।

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्