१५ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ। तस्बिर : एन्फा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्।  

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए। हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ। कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो।      

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फकेका थिए। त्यसपछि उनी नेपाल फर्किएका थिएनन्। उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ। रासस      

 

 

प्रकाशित: २६ मंसिर २०७७ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App