२२ असार २०८१ शनिबार
image/svg+xml

चरा संरक्षणमा चासो

विश्वका चराहरूका बारेमा हरेक चार वर्षमा प्रकाशित हुने ‘स्टेट अफ वर्ल्डस बर्डस-२०२२’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषि खेतीको विस्तार, जंगली आगो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वन विनाश, आक्रमणकारी प्रजाति लगायतका कारण यति ठूलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको हो।

चराका आधा प्रजाति संकटमा

पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ।

जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा

चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्।

चराको हुलले ४५ मिनेटसम्म जहाज धावनमार्गमै रोकियो

चराका कारण हवाई उडान कतिसम्म प्रभावित हुन्छ भन्ने बुधबार पोखरा विमानस्थलको घटनाले देखाएको छ। पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट विमानस्थलमै रोकिएको छ। केहीगरि थप तीनमिनेट उडान रोकिएको भए जहाजको बासै पोखरामा हुन्थ्यो।

पर्यावरणमा परेको असरले चराको प्रजाति घट्दै

पर्यावरणमा असर पर्दै गएपछि पानी चरा पनि संकटमा पर्दै गएका छन्। पर्यावरणमा परेको असरले नै पानी चराहरु नियमित रुपमा देखिन छाडेका छन्। पाँच सात वर्षको अन्तरालमा पानी चरा देखिने गरेका छन्। केही चरा भने गणनाको क्रममा गत वर्ष र यो वर्षपनि देखिएका छन्।

पोखरामा पानी चराको गणना

पोखराका ताल तलैया र खोलानालामा पाईने जलपंक्षीको गणना सुरु गरिएको छ। वर्षेनी जलपंक्षी गणना गरिदैं आएको छ। गणना कार्य सन २००४ देखि पोखरामा निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ।

‘चराको स्वर्ग’ मा पाहुना चराको कमी

अन्नपूर्ण संरक्षण क्षेत्रमा छ सय तथा काठमाडौँ उपत्यकाको वन क्षेत्रमा पाँच सयदेखि छ सयसम्म प्रजातिका चरा पाइने गरेका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः चरालाई ठाउँ खोई?

पोखराका हालको ल्याण्डफिल साइट सार्न ढिला गर्ने हो भने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने भएपनि विमानस्थल संचालनको तयारी भईरहँदा चराको बासस्थान सार्नेबारे वेवास्ता गरिएको उनीहरुको भनाई छ।

गुल्मीमा भटियो विश्वमै दुर्लभ प्रजातिका चरा

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये गुल्मीमा ३ सय ५ प्रजातिका चराहरु फेला परेका छन्

दुर्लभ चराको बासस्थान बन्दै घोडाघोडी

घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।

डढेलोले पन्छीको विनासिंदै वंश

वसन्त र ग्रिष्म ऋतु विशेषतः विरुवाले पालुवा फेर्ने कीटपतंगले फुल पार्ने र विरुवाले फल दिने समय हो । वन्य जीवहरू आफ्नो वंश विस्तारका लागि यही मौसमको पर्खाइमा रहेका हुन्छन् । पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो । हो, यही समयमा अहिले सुदूरको जंगलमा डढेलो सल्केको छ । दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ । त्यही डढेलोमा परेर वंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन् ।

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

पोखरा क्षेत्रमा पहिलोपटक भेटियो मण्डारिन हाँस

पंक्षी समाज पोखराले गरेको दुईदिने अध्ययनसँगै गणना गर्ने क्रममा मण्डारिन हाँस नामक नयाँ प्रजातिको चरा भेटिएको हो ।

पूर्वमा चराको संख्या २२ प्रतिशतले बढ्यो

पूर्वी नेपालमा चराको वासस्थानको रुपमा चिनिएको सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल र कोशी टप्पुमा यस वर्ष संख्याका आधारमा २२ प्रतिशतले चराको संख्या बढेको छ।

चरा अध्ययनले खुल्यो नयाँं तथ्य

राष्ट्रिय निकुञ्ज र घना जंगल क्षेत्रमा जस्तै कृषि क्षेत्र पनि नेपालका लेसर एडजुटेंट स्टाँंक चराका लागि महत्वपूर्ण बसोबास क्षेत्र रहेको अनुसन्धानले देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्