७ वैशाख २०८१ शुक्रबार
समाज

गुल्मीमा भटियो विश्वमै दुर्लभ प्रजातिका चरा

विश्वमै दुर्लभ चराहरुमध्ये ६ प्रजातिका चराहरु गुल्मीमा भेटिएका छन्। गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा उक्त ६ प्रजातिका दुर्लभ चराहरु फेला परेका नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए।

दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डंगर गिद्य, सोतो गिद्य, सुन गिद्य र गोमायो महाचिल रहेका छन्। रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाईने काँडे भ्याकुरसमेत छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालले संरक्षित सूचिमा राखेका ९ वटा चराहरुमध्ये चिर कालिज, सेतो गरुड र कालो गरुड गरी ३ वटा चराहरु पनि गुल्मीमा भेटिएका छन्।  

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये गुल्मीमा ३ सय ५ प्रजातिका चराहरु फेला परेका छन्। नेपालमा पाइने चराहरुको संख्यात्मक हिसाबले गुल्मीमा मात्र ३५ प्रतिशत विभिन्न प्रजातिका चराहरु फेला परेका हुन। गुल्मीको रेसुंगा वन संरक्षण क्षेत्रमा यसअघि २ सय ८ प्रजातिका चराहरु फेला परेकोमा यसपटक थप २५ प्रजातिका चराहरु फेला परेका हुन्। रेसुंगा संरक्षित वन क्षेत्रमा पाईने विश्वकै दुर्लभ चराहरुको वारेमा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देश्यले नेपाल पंक्षी संरक्षण संघद्वारा मंगलबार गुल्मीमा आयोजना गरिएको कार्यक्रममा उक्त तथ्यांक सार्वजजिक गरिएको हो।    

नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाईने चराहरुको पुूतक विमोचन कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराहरुको संख्यामा वृद्धि हुँदै गएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताए। रेसुंगा वन क्षेत्रमा गरिएको चरा सर्भेक्षणअनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चराहरुमध्ये रेसुंगामा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्द, क्षेत्र समिति चराहरु, कस्मेरी मट्टा र काँडेभ्याकुर लगायतका दुर्लभ प्रजातिका चराहरु रहेको प्रकाशित पुस्तककमा उल्लेख गरिएको छ।

प्रकाशित: १२ आश्विन २०७८ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App