६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘सिंहदरबारभित्रकै सिसिटिभी फुटेज डिलिट गरेर राजनीतिक निर्लज्जताको पराकाष्ठा नाघियो’

आज एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रो वाचा’ को नाम दिइएको छ।

रविको पार्टीको घोषणापत्र: एमसीसीका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध जोखिमपूर्ण

घोषणापत्रमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमा राजनीतिक दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा खेलाँची गरेको जनाइएको छ।

ठूला दलप्रति रबिको धारणा: दाईले भाइलाई छान्ने,भाइले दाइलाई छान्ने नातावाद र कृपावादमा आधारित

एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रा् वाचा’ को नाम दिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र: जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताए। तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ छ।

निवार्चन आयोगकाे उम्मेदवारी खारेजको निर्णय शंकास्पदः डा.कार्की

सोमबार उनको उम्मेदवार खारेजविरुद्ध माईतिघरमा भएकाे प्रदर्शनमा बोल्दै उनले निवार्चन आयोगले गरेको उम्मेदवारी खारेज शंकास्पद रहेको बताएकी हुन्।

पुकार बम नाम अङ्कित टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

'तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भइ वा आफ्नो प्रतिनिधि उपस्थित गराइ लिखित स्पष्टीकरण पेश गर्नुहोला।'

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्।

हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको खुलामञ्चमा उपत्यका भेला (फोटोफिचर)

यस्तै आकांक्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ। यो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा प्रदेश स्तरीय भेला गर्दै आइरहेकाे छ।

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

रवि लामिछाने नेतृत्वकोे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ।

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ।

भेलाको अघिल्लो दिन रबि लामिछाने नेतृत्व स्वतन्त्र पार्टीको ब्यानर च्यातियो

शुक्रबार दिउँसोका लागि स्वतन्त्र पार्टीको प्रदेश भेला तय भएको थियो। भेलाकै प्रचारप्रसारका लागि हेटौंडा बजारमा ब्यानर राखिएको थियो। हेटौंडाको मुख्यचोक (बुद्धचोक) मा राखिएको ५ वटा ब्यानर च्यातिएको अवस्थामा फेला परेको हो।

मत तान्ने अस्त्र ‘गाली’

केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्