६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रविको पार्टीको घोषणापत्र: एमसीसीका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध जोखिमपूर्ण

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ। एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रो वाचा’ को नाम दिइएको छ।

घोषणापत्रमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमा राजनीतिक दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा खेलाँची गरेको जनाइएको छ। मित्र देशहरुसँग सम्बन्धित मुद्धाहरुमा अस्पष्ट सम्बन्ध राख्नाले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको सम्बन्ध जोखिमपूर्ण बनेको घोषणापत्रमा बताइएको छ।  

‘एमसीसीलाई अन्य विकास सहायत भन्दा अलग रुपमा संसदबाट पारित गरिनु नै यो राष्ट्रहित विपरीत थियो भन्ने स्पष्ट आधार हो। विकास सहायताको नाममा राष्ट्रप्रति प्रतिकूल सम्झौता पारित गरिनु ऐतिहासिक भुल हो’, घोषणापत्रमा भनिएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App