६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सिंहदरबारभित्रकै सिसिटिभी फुटेज डिलिट गरेर राजनीतिक निर्लज्जताको पराकाष्ठा नाघियो’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।

आज एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रो वाचा’ को नाम दिइएको छ। उक्त घोषणापत्रमा सिसिटिभी फुटेज काण्ड पनि समावेश गरिएको छ। सिंहदरबार भित्रकै सिसिसटिभी फुटेज डिलिट गरेर राजनीतिक निर्लज्जताको पराकाष्ठा देखाएको घोषणापत्रमा भनिएको छ।

‘अर्थ विधेयकमा छेडखानीका लागि व्यापारी, व्यवसायी घरानाबाट अनाधिकृत व्यक्तीलाई सिंहदरबारसम्म पहुँच दिइयो। अर्थ विधेयकमा छेडखानीको कुरा सञ्चारमाध्यममा आएपछि संसदीय छानविन समिती गठन गर्ने,राजीनामा दिने जस्ता नाटकमञ्चन गरियो तर सिंहदरबारभित्रकै सिसिटिभी फुटेज डिलिट गरेर प्रमाणलाई मेटाएर राजनीतिक निर्लज्जताको पराकाष्ठा नाघियो।’, घोषणापत्रमा भनिएको छ.

प्रकाशित: १७ कार्तिक २०७९ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App