४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कर्मचारीलाई आयल निगमको सवा दुई अर्ब बोनस

नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न सवा दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ। निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसँगको ३६ अर्ब रुपैयाँ ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँड्न रकम छुट्याएको हो।

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो ।

नेसनल ट्रेडिङले तीन अर्बको जग्गा बेच्ने

निरन्तर घाटामा रहेको नेसनल टे्रेडिङ लिमिटेडले कर्मचारीलाई स्वेच्छिक अवकास दिन र ऋण तिर्न जग्गा बेच्ने भएको छ। लिमिटेडको टेकुमा रहेको करिब तीन अर्ब रुपैयाँको जग्गा बिक्री गर्नको लागि अर्थमन्त्रालयले स्वीकृत दिएको छ।

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

विर्तामोडका एक जना जग्गाधनीलाई अपहरण गरेर करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा जिल्लाका नेता, पत्रकारदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता खुल्दा उनीहरुको अरु अपराध पनि धमाधम सार्वजनिक हुँदैछन्।

जग्गा एकीकरण बन्दै आकर्षक विकल्प

काठमाडौं उपत्यकामा जग्गा एकीकरणमार्फत व्यवस्थित सहरीकरण प्रभावकारी बन्दै आएको छ। छरिएका र अस्तव्यस्त बस्तीलाई जग्गा एकीकरणमार्फत आकर्षक, चिटिक्क र व्यवस्थित आवासीय क्षेत्र बनाइएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।

जग्गा नभएका भूकम्प पीडितलाई दुई लाख

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्प पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप दुई लाख दिन प्रस्ताव गरेको छ।

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो।

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

जग्गाविवादले रंगशाला निर्माण अझै पर

जग्गा अधिग्रहणको प्रक्रिया पूरा गर्न नसकेका कारण मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्धारित समयभन्दा अझै पछि धकेलिने पक्का भएको छ।

गुठी जग्गा रैतानी नहुँदा किसान मर्कामा

ललितपुरका हरिशरण कपालीले जग्गा रैतानी नभएका कारण भूकम्पपीडित परिचयपत्र पाएनन् । राहात कार्ड नभएका कारण कपाली सरकारी सुविधा प्राप्त गर्नबाट वञ्चित भए ।

करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा

धनुषा मालपोतका कर्मचारीले करोडौं रुपैयाँ लेनदेनमा जनकपुरको बहुमूल्य जग्गा अवैधानिक रुपले रजिस्ट्रेसन गरी हिनामिना गरेको खुलेको छ।

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा

बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित व्यक्तिका नाममा दर्ता भएको ४१ रोपनी सार्वजनिक जग्गा फिर्ता गराउन स्थानीय निकायले असहयोग गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन्।

बुटवल धागो कारखानाको जग्गा फिर्ता भएन

बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौंँ भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ ।

चैत अन्तिम साता घरजग्गा मेला

नेपाल जग्गा तथा आवास विकास संघले चैत अन्तिम साता काठमाडौं, भृकुटीमण्डपमा घरजग्गा मेला गर्ने भएको छ। छैटौं घरजग्गा मेला चैत २५ देखि २८ गतेसम्म चल्नेछ। मेलाको उद्देश्य घरजग्गा नीतिमा सरकारलाई घच्घच्याउनु र जनसाधारणलाई घरको प्राविधिक पक्षबारे जानकारी दिनु रहेको संघका अध्यक्ष इच्छाराज तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्