६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

घरजग्गा मेलाकाे उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः दिनेश गाेली

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जनाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलगायत सरकारी निकाय पनि मेलाको सहआयोजक छन् । रासस

प्रकाशित: २५ चैत्र २०७३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App