निगमको नाममा लोथरमा थप जग्गा खोजी हुँदै
नेपाल आयल निगमका लागि थप जग्गा चाहिने भन्दै चितवनको लोथरमा जग्गाधनीलाई अग्रिम रकम दिने (बैना लगाउने) काम जारी छ।
नेपाल आयल निगमका लागि थप जग्गा चाहिने भन्दै चितवनको लोथरमा जग्गाधनीलाई अग्रिम रकम दिने (बैना लगाउने) काम जारी छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल आयल निगमले सर्लाहीमा स्थानीयलाई झुक्याएर वारेसनामामार्फत जग्गा किनेको पाइएको छ। स्थानीयले प्रतिकठ्ठा दुई लाख ७५ हजार रुपैयाँमा बेचेको जग्गालाई निगमले प्रतिकठ्ठा ९ लाख ७१ हजार रुपैयाँमा किनेको छ।
नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। निगमले इन्धन भण्डारणका लागि जग्गा किन्दा करिब ६७ करोड रुपैयाँ घोटाला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो।
नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो।
करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँबराबरको अनियमिततामा समेत मुछिएका छन्। खड्काको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमतिलगायत निर्णयमा खुलेको हो।
‘उजुरी आउला र छानबिन गरौंला भनेर अख्तियार बस्नु हुँदैन । पब्लिकले समेत प्रश्न उठाएको विषयमा अनुसन्धान थाल्नुपर्छ’– पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय ।
जग्गाको विवादका कारण दिपायल बसपार्क अवरुद्ध बनेको छ । मुख्य सडकबाट बसपार्क जोड्ने सडक क्षेत्रमा पर्ने जग्गामा विवाद उत्पन्न भएपछि बसपार्कमा गाडीहरु जान सकेका छैनन् । जसका कारण बसपार्क प्रयोगविहिन बनेको छ ।
संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले जग्गा किन्न अपनाएका प्रक्रियासम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। जग्गा किन्दा अनियमितता भएको विषयमा छानबिन गर्न खरिद प्रक्रियासम्बन्धी कागजात मागिएको हो।
नेपाल आयल निगमका उच्चअधिकारीको मिलेमतोमा जग्गा खरिदमा घोटाला भएको विषयमा संसदीय समितिले छानबिन थालेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा भएको अनियमिततामा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएका छन्। सरकारी स्वामित्वको निगमले भैरहवा, चितवन, सर्लाही र झापामा करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा करिब ६७ करोड रुपैयाँ घोटाला भएको समाचार नागरिकमा सार्वजनिक भएपछि प्रधानमन्त्रीले छानबिन गर्न सोमबार निर्देशन दिएका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्तीे भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो।
गत सातासम्म २८ वटा वाणिज्य बैंकले१६ खर्ब ६६ ऋण लगानी गरेका छन्। निक्षेप १९ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ।
'मुद्दा लड्न सकिनौं, जग्गा गए पनि जाओस् भनेर माया मारेर बस्यौं। अहिले फेरि फिर्ता हुने खबरले आस पलाएको छ।' -पानकुमारी ओली
दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा स्थानीयले उम्मेदवारसमक्ष सामाजिक तथा सार्वजनिक सम्पत्ति रक्षाको माग उठाइरहेका छन्। रौतहटको ईशनाथ गाउँपालिकाका मतदाताले ऐतिहासिक तथा धार्मिक ईशनाथ महादेवको मन्दिरको जग्गा संरक्षण गर्नेलाई मत दिने बताएका छन्।