चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ
पशुपति क्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएका छन् । गणेशस्थान चौरसमेत भनिने करिब तीन चार रोपनी जग्गामा एक सयवटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ । वि.सं. २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आए पनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानुनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयको गुनासो छ ।