१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

युट्युब आतङ्क: प्रहरी अनुसन्धानमा अवरोध

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत नकारात्मक प्रभाव पर्ने गरी भिडियो बनाउने र अपलोड गरी त्यसलाई समाजमा भ्रम छर्ने गतिविधि युट्युबरको धन्दा बनेको छ।

सालको काठसहित एक जना पक्राउ

‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रहेको भन्ने खबर आएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। छापा हान्ने काम अझै जारी छ।

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

दार्चुलामा जीप दुर्घटना: पाँच जनाको ज्यान गएसँगै घाइतेको संख्या नौ पुग्यो (अपडेट)

घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अुनसार मृतक एक महिलासहित पाँच जना रहेको र पाँचै जना बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ८ का रहेका छन्।

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।

पसल फोडी सामान चोरी गर्ने पक्राउ

पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।

पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा

खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

घर नजिकै जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले शरीरको विभिन्न भागमा टोकेर रोल्पा न.पा. १० धाङ्सीका आसमाला बुढाको श्रीमान् वर्ष ५४ को जयबहादुर बुढा मगरको मृत्यु भएको प्रहरीले बताएको छ।

३६ लाख नगदसहित दुई युवक पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख रुपैँया नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीबीच झडप: प्रहरी निरीक्षकसहित आठ जना घाइते

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।

एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।

दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्