१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

विद्यार्थीले झोला बोक्न नपर्ने

भारतको उत्तरी राज्य उत्तर प्रदेशको सरकारले शनिबार विद्यार्थीलाई झोला बोक्न नपर्ने नियमको सुरुवात गरेको छ ।

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

नेतृत्व लिन विद्यार्थी नेता गाउँ पसे

राजधानीलाई कर्मथलो बनाउँदै आएका विद्यार्थी नेताहरू स्थानीय तहको चुनावका लागि गाउँ फर्किएका छन्। गाउँ/नगरपालिका प्रमुख/उपप्रमुख/मेयर/उपमेयर र वडा अध्यक्षमा प्रतिस्पर्धा गर्न उनीहरू गाउँ फर्किएका हुन्।

४५ हजार विद्यार्थीका सारथी

बच्चैदेखि फरक गर्ने सोच थियो उनको। समाजमा पृथक परिचय बनाउन चाहन्थे उनी। अरुले चिनाउने होइन् आफैं चिनिने रहरको आगो थियो उनीभित्र। सिनेमाको हिरो बन्न चाहान्थे। अझ हिरोभन्दा माथि निर्देशक बन्ने सपना थियो उनमा।

दुई विद्यार्थी सङ्गठनबीच झडप, ६ घाइते

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।

सुधारिँदै सरकारी स्कुल, विद्यार्थी चाप थामिनसक्नु

२०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उत्तीर्ण भए। ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत।

विद्यार्थी राजनीतिको औचित्य

स्ववियु हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने बाटो बन्द गर्ने हो भने भिन्न कुकर्मबाट रकम कुम्ल्याएका ‘डन’हरुले नेताको बोलकबोल बमोजिमको रकम तिरेर उच्च राजनैतिक तहमा पुग्ने सम्भावना रहन्छ।

जीर्ण भवनमा जोखिम मोलेर पढ्दै फरक क्षमताका विद्यार्थी

सन्धिखर्क नगरपालिका– १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको भवन जिर्ण हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरु सुविधा सम्पन्न बनाइनु पर्ने भए पनि नयाँ भवन निर्माणमा कसैको चासो जान सकेको छैन।

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित

अपायक ठाउँमा अन्यायपूर्ण किसिमले परीक्षा केन्द्र कायम गरिएको भन्दै रौतहटका विद्यार्थीहरूले जिल्लाको विभिन्न भागमा राष्ट्रिय परीक्षा बोर्डविरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । बोर्डले कक्षा ११ र १२ को परीक्षाको केन्द्र अपायक पर्ने गरी निर्धारण गरी अन्याय गरेको भन्दै बोर्डविरुद्ध गौर, गरुडा र चन्द्रपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।

फ्रान्सको खोलामा डुबेर नेपाली विद्यार्थीको मृत्यु

फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्