१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई विद्यार्थी सङ्गठनबीच झडप, ६ घाइते

चितवन, ८ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

प्रकाशित: ८ वैशाख २०७४ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App