४ पुस २०८१ बिहीबार
image/svg+xml

सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल

चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ। चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन्।

चुरे दोहनको जलप्रभाव

बाहिरका मानिसहरूले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वन जंगलले ढाकेको निर्जीव क्षेत्र लाग्छ तर चुरे र तराईमा बसोबास गर्ने वासिन्दाका लागि चुरे आमा हो, जसले निरन्तर रूपमा जीवन दायिनी खानेपानी र खेतीपातीका लागि सिँचाइको पानी दिन्छ र अन्नबाली उत्पादन तथा बाँच्नका लागि आधार प्रदान गर्छ।

चुरे संरक्षणका लागि एक अर्ब ५ करोड विनियोजन

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब ५ करोड विनियोजन गरेको बताएका हुन्।

वर्षौंदेखि चुरेमाथि भारतको नजर

सरकारले ऐन बनाएरै चुरे भारतलाई बिक्री गर्ने तयारी गरिरहेको छ। आफ्नो नीति तथा कार्यक्रममा नेपालका नदी तथा खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गरी निकासी गर्ने उल्लेख गरेको सरकारले यसलाई आर्थिक नेपालको आर्थिक व्यवस्था सुधारको उद्देश्य मानेको छ।

सरकारको पर्यावरणमारा योजना, मधेस डुबाउने खेल

चुरे संरक्षण अभियानलाई कडाइका साथ पालना गराउनुपर्नेमा सरकारले नीति तथा कार्यक्रममार्फत त्यसैलाई सिध्याउनेगरी ढुंगा, गिट्टी, बालुवाको ‘निकासी’ खुला गर्ने घोषणा गरेको छ।

चन्द्रपुर नगरपालिकाले दियो चुरे दोहनको अनुमति

चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।

सत्तामा नहुँदा राष्ट्रघाती र जनघाती देख्नेहरुले नै बेच्दैछन् ‘चुरे’

विडम्बना, अरू देशले यस्ता भू–भाग संरक्षण गर्छन्, जोगाएर राख्छन् र अरू देशको स्रोतहरुमा आँखा लगाउँछन्। हाम्रा सत्ताधारी दल र तीनका नेताहरुले यही स्रोत बेचेर धनी बन्ने झुठो सपना जनतालाई बाँडछन्। उनीहरुलाई पटक–पटक झुक्याउँछन्। र, ढाँटछन्।

चुरे भारतलाई बेच्ने तयारी

सरकारले अर्थ व्यवस्था सुधारका लागि भन्दै चुरे बिक्रीको योजना बनाएको जानकारहरूको बुझाइ छ। ६ वर्षअघि चुरे गुरुयोजना निर्माणका लागि बनेको समितिका संयोजक डा. विनोद भट्ट मुलुकको अर्थ व्यवस्था सुधारका नाममा सरकारले नेपालको चुरे क्षेत्रलाई ध्वस्त पार्ने कदम चाल्न थालेको बताउँछन् ।

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ। ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन्।

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन्।

चुरे क्षेत्रमा थप ट्रेकिङ सेवा

एउटा भालेका पछि दर्जनौं पोथी कृष्णसार देखिन्छन्। कृष्णसारको लुक्स मृग प्रजातिसँग मिल्छ। सोझो वन्यजन्तु कृष्णसारको स्वभाव डराउने खालको हुन्छ।

‘चुरे जोगाउन’ चुरे दोहन !

बाँके,राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ दुबेरी स्थित खहरे खोला संरक्षणका लागि भन्दै तटबन्धन निर्माण गरिँदै छ।

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।

पहिरोपीडित त्रिपालमुनि बस्न बाध्य

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्