टेनिसमा आकर्षणः गृहिणीदेखि बालबालिकासम्म
विमला कार्कीको दैनिकी फेरिएको छ। लकडाउनअघि उनी बिहान सबेरै उठेर घरको काममा लाग्थिन्। उनको दैनिकी घरधन्दामै बित्थ्यो। अव्यवस्थित खानपिन र व्यस्त जीवनशैलीबीच उनी कहिलेकाहीं घर आसपास मर्निङवाकका लागि निस्किन्थिन्।