सांसद कलाम फोरममा प्रवेश
रौतहट क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।
रौतहट क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १० हजार लेबी उठाउने निर्णय गरेको छ। सिंहदरबारमा विहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदबाट १० हजारका दरले लेबी लिने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।
नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ।
एनडिआइ (नेसनल डेमोक्रेटिक इष्टिच्युट) र युएसआइडीले संयुक्तरूपमा राजपाका प्रतिनिधि र राष्ट्रियसभाका सांसदलाई संसदीय प्रक्रियासम्बन्धि दुईदिने अभिमुखीकरण तालिम दिएका छन्।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ।प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन बुधबार आदेश गरेको हो।
प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दासको भारतीय मतदाता सूचीमा पनि नाम रहेकाले उनको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। सिरहा धनगढीमाईका दुर्गानन्द चौधरीले सांसद दास भारतीय नागरिक भएको दाबी गर्दै उनलाई सपथ नगराउन र निर्वाचन परिणाम बदर गर्न माग राखेर रिट दर्ता गराएका हुन् । तर, दासले प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ लिइसकेका छन्।
संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।
कर्णाली प्रदेश सरकारले संघीय सरकारले पठाएको मापदण्डभित्र रहेर मन्त्री, पदाधिकारी र सदस्यको पारिश्रमिक निर्धारण तयारी गरेको छ।
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो।
प्रतिनिधिसभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार अपराह्न जेष्ठ सदस्य महन्थ ठाकुरबाट ईश्वर र जनताका नाममा २७३ सदस्यले सपथ लिएका हुन्। फौजदारी अभियोग लागेका रेशम चौधरीले सपथ लिन पाएनन भने जेष्ठ सदस्य महेन्द्रराय यादव उपस्थित भएनन्।
नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ।
विभिन्न नाममा बहस तात्दै गएपछि नागरिक समाजका सिद्धराज ओझाले विभिन्न धार्मिक मन्दिर, पर्यटकीय स्थललगायतका नामसहित १४ नामको सूची राखेर यीमध्ये कुनै नाम राख्दा पनि सायद कसैलाई फरक पर्दैन भनेर फेसबुकमा लेखेका छन्।
प्रदेश ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी गत ३ गते यता गृहजिल्ला दाङमै छन् । संसदमा प्रतिनिधित्वका लागि कहिले बुटवल जाने भन्ने कुरामा उनी अलमलमै देखिन्छन्।
वाम गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने योजना भताभुंग बनेपछि एमाले नेता शंकर पोख्रेल प्रदेशसभा सदस्य चुनाव लड्न पार्टी नेतृत्वसँग एउटा सर्त राखेर काठमाडौंबाट दाङ आए । उनको सर्त थियो– ‘म मुख्यमन्त्री हुनपर्छ ।’ प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी नेता कृष्णबहादुर महराले पोखरेलको ‘पकड क्षेत्र’ खोसिदिएपछि उनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बने ।