१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपाका सांसदलाई अभिमुखीकरण तालिम

काठमाडौं – एनडिआइ (नेसनल डेमोक्रेटिक इष्टिच्युट) र युएसआइडीले संयुक्तरूपमा  राजपाका प्रतिनिधि र राष्ट्रियसभाका सांसदलाई संसदीय प्रक्रियासम्बन्धि दुईदिने अभिमुखीकरण तालिम दिएका छन्।

सो अभिमुखी कार्यक्रम ललितपुरको होटल समिटमा बुधवार र बिहीबार दुई दिनसम्मगरिएको थियो। बुधबार उद्घाटन गरिएको सो कार्यक्रम  बिहीबार  समापन भएको छ।  कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर,अध्यक्ष मण्डलका ससस्य राजेन्द्र महतो,शरतसिहं भण्डारी,राजकिशोर यादवसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको उपस्थिति थियो । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव काठमाडौं बाहिर रहेकाले कार्यक्रममा सहभागी भएनन् भने अनिल झा काठमाडांैमै भएर पनि गएनन्।

राजपाको सहकार्यमा एनडिआइ र युसआइडीले संयुक्तरूपमा सो कार्यक्रमको आयोजना गरेका थिए। बुधबार क्यानडाका पूर्वमन्त्री जेनार्ड लाक्टुलिपले एक्लैले संसदीय प्रणाली, शिष्टाचार तथा आचारसंहिता, संसदीय समितिलगायतका विषयमा अभिमुखीकरण तालिम दिएका थिए। बिहीबार भने तीनजना विज्ञले तालिम दिएका थिए । भिमार्जुन आचार्यले लोकतन्त्रमा प्रतिनिधिसभा, नेपाल ल सोसाइटीका कृष्णमान प्रधानले कानुन निर्माण प्रक्रिया तथा काठमाडौं पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्ययले सञ्चारसम्बन्धि अभिमुखीकरण तालिम दिएका थिए।

बुधबार कार्यक्रमको उद्घाटन महन्थ ठाकुर र बिहीबार कार्यक्रमको समापना राजेन्द्र महतोले गरेका थिए। उद्घाटन र समापन कार्यक्रममा ठाकुर र महतोेले थोरै बोलेका थिए। तर  दुवै दिन कार्यक्रम अवधिभर उनीहरू कार्यक्रममा  सहभागी भएका थिए। कार्यक्रम निकै  प्रभावकारी भएको राजपाका सांसद चन्दा चौधरीले बताइन्। एनडिआइ र युसआइडीले यसअघि, यस्तै कार्यक्रम संघीय समाजवादी फोरम नेपालाई दिइसकेका छन्। केही दिनअघिसंघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा र राष्ट्रियसभाका १८  सांसदहरूलाई धुलिखेलमा लागि  दुईदिने अभिमुखीकरण तालिम दिएका थिए। कार्यक्रममा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका थिए।

प्रकाशित: १६ चैत्र २०७४ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App