सांसदमा राेकिए पनि मन्त्रीकै शपथ
सर्वाेच्च अदालतले राष्ट्रियसभा सांसदको सपथ नगराउनू भनी आदेश दिएको भोलिपल्ट उनै व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको सपथ गराएपछि कानुनविद् आश्चर्यमा परेका छन् ।
सर्वाेच्च अदालतले राष्ट्रियसभा सांसदको सपथ नगराउनू भनी आदेश दिएको भोलिपल्ट उनै व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको सपथ गराएपछि कानुनविद् आश्चर्यमा परेका छन् ।
सरकार गठनमा असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेका एमालेका कर्णाली प्रदेश सांसद चन्द्रबहादुर शाही राजीनामा फिर्ता लिने मुडमा पुगेका छन्।
प्रदेश सभा सांसदले डेरा नपाएर दु:ख पाएका छन् । नेताहरु बस्ने ठाँउमा बाक्लो अाउजाउ हुने भएकाले घरवालाले नेतालाई डेरा दिन नमानेका हुन् ।
संघीय संसद सचिवालयले ६ नम्वर प्रदेशका मन्त्री र सांसदका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा छ जना मन्त्रीसहित सांसदहरुको सहभागीता रहेको छ।
संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन्।
सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।
प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।
तत्कालिन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहले आफूलाई सांसद बनाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।
प्रतिनिधि एवं प्रदेशसभामा सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या २२ पुगेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जिल्लाबाट विभिन्न राजनीतिक दलका १० सांसद निर्वाचित भएसँगै प्रतिनिधि एवं प्रदेशसभामा गरी २२ जना सांसदको प्रतिनिधित्व भएको हो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरीमै सबै भन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ। समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो।
हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।
नेपाली कांग्रेसले समानुपातिकतर्फ चालीस नेताको नाम निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले दिएको समयसिमाभित्र कांग्रेसले बन्दसूचीमा रहेका ४० नेतालाई सांसदमा निर्वाचित गराउन सिफारीस गरेको हो।
प्रतिनिधिसभामा उयदपुरबाट २ जना महिला सांसद थपिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ २ सांसद प्रतिनिधिसभामा थपिएका हुन् । कांग्रेसले अघिल्लो दिन निर्वाचन आयोगलाई दिएको सिफारिस अुनसार पार्टी नेतृ प्रमिला राई र दलित नेतृ लक्ष्मी परियार कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा सांसद परेका हुन्।