१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय नागरिकलाई सांसदको सपथ नगराउन माग

काठमाडौं – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भारतीय नागरिकलाई सपथ नगराउन माग गरेका छन्। 

नागरिक दैनिकले सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।

नेपालको संविधानको धारा ८७ (१) क अनुसार प्रतिनिधी वा राष्ट्रियसभा सदस्यका लागि ‘नेपालको नागरिक’ हुनुपर्ने उल्लेख छ, तर केही माननीय सदस्य अन्य देशका पनि नागरिक भएको सूचना विभिन्न सञ्चारमाध्यमबाट प्राप्त भएको भन्दै खतिवडाले नेपाली नागरिकतालाई मात्र सपथ ग्रहण गराउन भनेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेलाई संघीय संसदको प्रथम बैठक आह्वान गरेकी छन्। यो भन्दा पहिला नै प्रतिनिधी सभा र राष्ट्रिय सभाका सपथग्रहण हुने र त्यसमा भारतीय नागरिकलाई सपथ नगराउन कांग्रेस नेता खतिवडाले माग गरेका हुन्।

प्रकाशित: ८ फाल्गुन २०७४ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App