पर्यटकीयस्थल चन्द्रागिरिमा हिमपात सुरुः मनोरञ्जन लिन आउनेकाे घुइँचो
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए।
नयाँ वर्ष र क्रिसमसको आसपासमा ठूला कार्यक्रम गर्ने योजना रहे पनि अहिलेकै स्थितिमा गर्न नसकिएकाले नेपाली नयाँ वर्षसम्मका लागि आयोजनाको तयारी भइरहेको व्यवसायीको भनाई छ।
कोरोना संक्रमणले गर्दा विदेशी पर्यटकले लामो अवधि ग्याप राखेर बुकिङ गर्न छाडेका छन्। पछिल्लो समय बुकिङ छोटो समयको हुने भएकोले पर्यटनमा अनिश्चितता बढ्दै गएको व्यवसायी बताउँछन। कम समय राखेर आउने पाहुनाको बसाई अवधि पनि पहिले भन्दा कम हुन थालेको व्यावसायी बताउँछन्।
अक्करे भिरको सिरानमा पहरा छ। गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन्। पितापुर्खाले दिएको नाम हो, त्यो। जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो।
तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।
टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९१४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो।
पछिल्लो सयम झिनो संख्यामा पर्यटक आगमन बढ्दै गएको देखिए पनि कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित बन्ने देखिएको हो।
विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकामा ५३ होमस्टे छन। गुठीचौर गाउँपालिका वडा नम्बर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्ये नजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।
विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ।
दिनहुँ सयौं विदेशी र स्वदेशी पाहुना आउजाउ गर्ने पोखराको पर्यटक बसपार्कको अवस्था कन्तविजोग छ। अधुरै अवस्थामा संचालनमा आएको यो बसपार्कले पोखराको सौन्दर्यतालाई गिज्याइँरहेको यहाँका व्यवसायी बताउँछन्।
सल्यानको पर्यटकीयस्थलको रूपमा रहेको कुपिण्डेताल आठ वर्षपछि पानीले भरिएको छ। विसं २०७० पछि पानीको सतह घट्दै गएको कुपिण्डेताल पानीले भरिएपछि मन्दिरसम्म पुग्न डुङ्गा चढ्नुपर्ने अवस्थामा पुगेको छ।
राती अबेरसम्म खुल्ने डान्स, डिस्को, दोहोरी लगायतका व्यवसायका कारण पछिल्लो समय पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको ‘नाइट लाइफ’ कोलाहलपूर्ण बन्दै गएको व्यवसायीको भनाई छ। पोखरा घुम्न आएका पाहुनालाई सुविधा होस भनेर राती अबेरसम्म व्यवसाय खोल्न प्रशासनले अनुमति दिएपनि रात्री जीवनशैली झनै कोलाहलपूर्ण बनेको स्थानीयको गुनासो छ।
पोखरा घुम्न आएका विदेशी पर्यटकले यो पटक तिहारको भाइटीका लगाएका छन् । कोरोना संक्रमणका कारण यसअघिको संस्करण रोकिएको थियो । उनीहरुलाई नेपाली दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाईदिए ।