३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चोकचोकमा राखिएका सालिक एकमहिना भित्र व्यवस्थापन गरिने

पोखराको पृथ्वीचोकमा लखन थापा र पृथ्वीनारायण शाहको सालिक राख्ने विषयमा सधैंजसो विवाद हुदैं आएको छ। चोकमा जनआन्दोलन अघि पृथ्वीनारायण शाहको पूर्णकदको सालिक थियो। अहिले त्यहाँ लखन थापाको सालिक छ।त्यही सालिकको विषयमा सधैंजसो विवाद हुदैं आएको छ।

दिउँसो ३ बजे खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

निरन्तरको वर्षाले भिजिविलिटी नपुग्दा बिहानैदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेपछि मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा हवाई उडान प्रभावित भएको छ। धेरैजसो उडान रद्द समेत भएका छन्। उडान रोकिँदा यात्रुलाई समस्या परेको छ।

पोखराका निजी अस्पतालमा आँखाको निशुल्क उपचार

आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र बढिरहेकाले त्यो संक्रमणको चक्रलाई रोक्न विभिन्न अस्पतालले निशुल्क सेवा दिएका छन्। यहाँको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निशुल्क टिकट, आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी सेवा प्रदान गरेका छन्।

२४ तोला सुन सहित पोखरामा महिला पक्राउ

पोखरामा २४ तोला सुन सहित एकजना महिला पक्राउ परेकी छन्। झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करिब २४ तोला सुन सहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो।

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।

पोखराको पटनेरीबाट सेतीमा खसे साइकल यात्री

पोखराको सेतीनदीमा खसेर एकजना साइकल यात्री बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२९ स्थित सेतीनदीमा खसेर एकजना साइकल यात्री बेपत्ता भएका हुन्।

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल तीनदिन बन्द

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीनदिन बन्द हुने भएका छन्। आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले महानगर भित्रका सबै विद्यालय तीनदिन बन्द गर्ने निर्णय गरेको हो।

प्रहरी ‘स्कर्टिङ’मा पोखराको फोहोर १२ दिनपछि फालियो

प्रभावित क्षेत्रका स्थानीयको अवरोधले विगत १२ दिनदेखि रोकिएको पोखराको फोहोर सुरक्षाकर्मीको स्कर्टिङमा ल्याउण्डफिलसाइट लगेर मंगलबार व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकासँग विभिन्न माग राखेर आन्दोलन गरेका स्थानीयको अवरोधले पोखराको फोहोर उठ्न सकेको थिएन।

नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।

निर्माण सकिन नपाउँदै भत्कियो पोखराको महेन्द्रपुलस्थित साँघुमुख पार्कको पर्खाल

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल भत्किएको छ।

पोखराः सडकदेखि घरसम्मै फोहोरको थुप्रो

पोखरा सहरको फोहोर नउठेको झन्डै दुइसाता पुग्न थाल्यो। सडकको चोकचोकमा फोहोरको पोका थुप्रिएका छन्। त्यत्तिमात्र नभई नागरिकको घरघरमा पनि फोहोर थुप्रो लागेको छ। झन्डै दुइसातासम्म फोहोर नउठ्दा घरघरमा दुर्गन्ध फैलिन थालेको छ। अहिलेकै अवस्थामा घरघरको फोहोर उठ्न अझै केहीदिन लाग्ने पोखरा महानगरको अनुमान छ।

गोलभेंडाः पोखरामा किलोको १ सय ८०

दुइसाताअघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो एकसय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ। बजारमा अहिले गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म उक्लेको छ।

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।

यी हुन ढिलासुस्ती र लापरवाहीमा उत्कृष्ट विकासे आयोजनाहरु

कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ।

पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे

हवाइ सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको (एकल) सोलो उडानमा रोक लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि दशमहिना पुग्न लाग्दापनि सोलो उडान अझै सुचारु भएको छैन। सोलो उडान संचालन नहुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्