२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ।  मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो। स्पोर्टस अवार्डमा मञ्चले २६ लाख ९९ हजार १२ रुपैयाँ विभिन्न शीर्षकमा आम्दानी गरेका जनाएको छ। त्यसैगरी २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।  

मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो। अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिईएको थियो।

सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो। अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन। अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोरकुमार गुरुङ घोषित भएका थिए।

लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो। यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो।

प्रकाशित: २५ श्रावण २०८० ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App