घोषणा भयो, कार्यान्वयन भएन
साउन १ गते कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा घोषणा गरेको प्रदेश सरकारले अहिलेसम्म कार्यान्वयन भने गरेको छैन।
साउन १ गते कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा घोषणा गरेको प्रदेश सरकारले अहिलेसम्म कार्यान्वयन भने गरेको छैन।
मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो।
कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।
बागलुङ बडिगाड दुर्घटनामा मृत्यु भएका १४ मध्ये ९ जनाको पहिचान भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा ईस्मा गाउँपालिका—५ की २५ वर्षीय रेशम थापा, इश्मा—५ का ४० बर्षिया बसुन्धारा कार्की, इस्मा—५ कै रोमया थापा, नवलपरासी बर्दघाट—२ का ६० वर्षीय भुमन कार्की छन्।
जिल्लाको बडिगाड खोलामा मंगलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् भने तीन जना गमभीर घाइते भएको प्रहरीले जनाएको छ।
संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।
पोखरामा नालीमा पुरिएर ५ जनाको मृत्यू भएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा सडक निर्माणको काम गरिरहेका ५ जना मजदुरको नालीमा पुरिएर मृत्यू भएको हो। पोखरा–मौजा सडकको रिटेनिङ पर्खाल निर्माणमा खटिएका बेला माथिबाट खसेको ढिस्कोले पुरिएर ति मजदुरहरुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताए।
शुक्रबार पश्चिम नेपालका विभिन्न ठाउँमा भएका दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा सडक दुर्घटना भएका थिए।
सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।
उदयपुरमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दर्जन बढी घाइते भएका छन्। जसमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।
कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प-यो।
कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो।
राष्ट्रिय सडक सञ्जालले नछोएको दुर्गम हिमाली जिल्ला हुम्लामा पछिल्लो पाँच महिनामा भएका तीन वटा सडक दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएका छन् ।