५ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यार्थी लक्षित चेकिङः ३७ विद्यार्थी कारबाहीमा

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न रोक

‘मोटरसाइकलमा यस्ता मोबाइल स्ट्यान्ड प्रयोग गर्दा मोबाइल हेर्दै बाइक चलाउँने, नक्सा हेर्न तथा फोटो/भिडियो खिच्न प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ 'हामीले यो सञ्चालन गरेको ३/४ दिन भयो तर आजदेखि सम्झाउने र कारबाही गर्ने गरेका हौँ,' नागरिकसँग भने।

तीन हजार बढी सवारी चालक कारबाहीमा

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन्।

सवारी साधन छिटो लिलाम हुने नीतिगत व्यवस्था खोइ?

राष्ट्रियसभा दीगो विकास तथा सुशासन समिति सदस्य गङ्गाकुमारी बेलवासे संयोजक रहेकी संसदीय टोलीले ट्राफिक प्रहरीकोे नियन्त्रण रहेका सवारीसाधन प्रयोगहिन अवस्था र व्यवस्थापनबारे अध्ययन प्रतिवेदन बुझाएको छ।

ट्राफिक प्रहरीको सडक संघर्ष (फोटो फिचर)

सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन। अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बाहेक अर्को विकल्प हुँदैन।

बालेन्द्र भन्छन्– मैले के बिराएँ?

‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ,’ उनले हरेकजसो पसलमा पुग्दै भन्ने गरेका छन्, ‘यो तपाईहरूको हैन, अनधिकृत उपयोग गर्ने घरधनीले निम्ताएको समस्या हो।’

६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !

धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ।

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

हेटौँडामा पनि सवारी स्टीकर

अब स्टीकर टाँसिएका तीन पांग्रे मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएको छ। २०७६ पुस ७ गते भन्दा अघि हेटौँडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो। ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीन पांग्रे सवारी दर्ता बन्द गरिएको थियो।

आरक्षण सीट लागू नगर्ने सावारीलाई कारबाही गर्न सुरु

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम तोड्ने ३८ सय सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४० अन्य सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामसिंह भण्डारीले बताए।

गङ्गाचोकमा दुर्घटना, दुई जनाको मृत्यु

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्