coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।

कार्यालयका अनुसार आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाइरहेको भेटिएकाले उनीहरुलाई कारबाही गरेको हो।

ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ। आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको छ।

उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: १५ श्रावण २०७९ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App