२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

गङ्गाचोकमा दुर्घटना, दुई जनाको मृत्यु

बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले भारतीय नम्बर प्लेटको ट्रेलर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App