२० आश्विन २०८१ आइतबार
image/svg+xml

पाँचथरमा सातदिनसम्म सवारी साधन चलाउन रोक, फिदिम बजार बन्द

जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो।

सवारी मर्मतमा लाखौं खर्च

सरकारले भदौ एकगतेदेखि लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले दशवटा बसलाई मर्मत गरे। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयारी पार्दा उनले दशवटा गाडीका लागि करिब ३५ लाख रुपैयाँ खर्च गरे।

तीन वर्षमा १९ अर्बका गाडि खरिद

महालेखा परीक्षकको पछिल्लो कार्यमूलक प्रतिवेदनले तीन आर्थिक वर्षमा सरकारले सवारी साधन किन्न सवा १९ अर्ब रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ।

भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

सरकारले बुधबार राती प्रेस विज्ञप्ती निकाल्दै भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बुधबार मात्र काठमाडौं उपत्यका एक सय दुई जना संक्रमित थपिए संगै गृह मन्त्रालयले विज्ञप्ती निकालेको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

सवारी साधनमा खोई भौतिक दूरी ?

लकडाउनका कारण तीन महिना बढि थन्किएका सार्वजनिक सवारी साधन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड निर्धारण गर्‍यो ।

खोटाङमा छोटो दूरीका सवारी साधन सुचारु

नेपाल सरकारले लकडाउन खुला गरेसँगै खोटाङ यातायात प्रालिले छोटो दूरीका सवारी साधन सुचारु गराएको छ । कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको यातायात सेवा बुधबारदेखि सुचारु गराएको हो ।

सवारी साधन नभएका गाउँपालिकामा तीन चालक

खोटाङको बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परिक्षकले प्रश्न उठाएको छ ।

पोखरामा विहीबारदेखि सार्वजनिक बस चल्ने

कोरोना भाईरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चारमहिनासम्म थन्किएका सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी विहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यावसायीले गरेका छन्।

काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम

भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ । विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरूलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ ।

सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेजमा भएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन्।

पाल्पामा चार वटा सवारी साधन पहिरोले बगायो, दुई जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउदा दुई जनाको शव फेला परेको छ । सोमबार साँझ तानसेन नगरपालिका वडा न. ११ सम्मोबारी भन्ने ठाउँमा गुल्मीतर्फ जाँदै गरेका सवारी साधनलाई पहिरोले बगाएको हो ।

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि

जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ।

लकडाउन उल्लंघन गरेका सवारीबाट १० लाख ४५ हजार राजश्व संकलन

सरकारले कोरोना भाइरस रोकथामको लागि चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्मको लागि लम्ब्याएको छ । लकडाउन लम्बिदैँ गएसँगै सर्वसाधरणले लकडाउनको अवज्ञा गर्न थालेका छन् ।

तरकारी र फलफूलका गाडी निषेध

दार्चुला जिल्लामा बाहिरी जिल्लाबाट आयात हुने तरकारी र फलफूल गाडी निषेध गरिएको छ । महाकाली नगरपालिका–६ का एक युवक बिहीबार कोरोना संक्रमित भेटिएपछि सतर्कताको लागि तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको प्रवेशलाई पूर्णरुपमा रोक लगाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्